ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

२०७८ सावन, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, काठमाडौं । सोमवार पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी जम्मा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८३७ पुगेको छ । यसैगरी, सोमवार १ हजार २५८ जना निको भएसँगै हालसम्म ६ लाख ३३ हजार ३३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्