ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चितवन इन्जिनियर्स एसोसिएशनको अध्यक्षमा घिमिरे 

२०७८ सावन, ४  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, चितवन । चितवन इन्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रको अध्यक्षमा वरिष्ठ ईञ्जिनियर बिराट घिमिरे निर्वाचित भएका छन् । 

आइतवार ५९औं ईञ्जिनियर्स दिवसका अवसरमा भरतपुर २२ पटिहानिमा आयोजित ८औ साधारण सभा तथा छैटौं अधिवेशनले घिमिरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।

भरतपुर महानगर वडा नम्बर २२ को सभाहलमा सम्पन्न अधिवेशनले शिबहरि घिमिरेलाई उपाध्यक्ष, कृष्ण रिजाललाई सचिव, कोषाध्यक्षमा सुमन कोईराला चयन भएका छन् । 

यस्तै सदस्यहरूमा अच्युत कोईराला, दिपक खनाल, गौतम ढकाल, सुशीला जमरकट्टेल, चन्द्रमणि बस्याल रहेका छन् । वडा अध्यक्ष बिष्णु महत्तो प्रमुख अतिथि रहेका सो अधिवेशन एसोसिएशनका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका करीब ५ दर्जनजति ईन्जिनियरहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्