ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एयर बबल सम्झौताअनुरुप नयाँदिल्ली गन्तव्यमा सातामा ६ ओटा उडान सञ्चालन हुँदै     

२०७८ सावन, ४  
समाचार
Image Not Found

साउन ४, काठमाडौं । नेपाल र भारत बीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौं–नयाँदिल्ली गन्तव्यमा सातामा छ ओटा उडान सञ्चालन हुने भएको छ ।     
     
 यसअघि नयाँ दिल्लीमा साताको दुई ओटा उडान हुँदै आएकामा अब छ ओटा उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमवार, बुधवार र शनिवार निगमको जहाजले उडान गर्नेछ । यसअघि दुई ओटा उडान कायम रहेका बेला निगमले बुधवार र भारतको एयर इन्डियाले शुक्रवार उडान गर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन ओटा उडान पाएका हुन् ।     
     
 यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको बताइएको छ । उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्