ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दाङमा रेडपाण्डाको छालासहित एक जना पक्राउ

२०७८ सावन, ४  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, साउन । दाङमा प्रहरीले लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका १ बस्ने ३२ वर्षका लोकमान सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

रेडपाण्डाको छालाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सुनारलाई सोमवार दिउँसो १२ बजे घोराही उपमहाहानगरपालिका ११ खैरामा पक्राउ गरिएको हो । 
सुनारबाट प्रहरीले ३ फिट ३ इञ्च लाम्बाई भएको रेडपाण्डाका छाला र उनी सवार रा ४ प ९४५० नम्बरको मोटसाइकल नियन्त्रणमा लिएको छ । 

सुनारमाथि थप अनुसन्धान भइरहेको डिएपी रिजालले बताएका छन् । केही दिनअघि पनि प्रहरीले दाङमा अर्का एक जनालाई रेडपाण्डाको छालासहित नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्