ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एचआईडिसीएलको शतप्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

जेठ २७ गतेसम्मका कायम शेयरधनीहरु मात्र आवेदनका लागि योग्य

२०७८ सावन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले आज (मंगलवार)देखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गर्न लागेको हो । उक्त अनुपातमा कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

कम्पनीले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । योग्य आवेदकहरुले साउन २५ गतेसम्म आफ्नो हक बमोजिममको शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्नपीले दुई महीनाभित्र स्वीकृति पाएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो । 

कम्पनीले पुनः आवश्यक प्रकृया सहित निवेदन दर्ता गराएको थियो । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने प्रयाप्त सुनिश्चितता रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस आइएस रेटिङ प्रदान गरेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ६३ करोड ८९ लाख ९० हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १ अर्ब ५७ करोड ४९ लाख ७८ हजार छ । प्रतिशेयर आम्दानी रू. ५ दशमलव १६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ५५ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्