ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन 

२०७८ सावन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । असार २९ गतेदेखि लिलामीमा आएको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ । 

कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर साउन ५ गतेसम्मका लागि पुनः लिलामीमा ल्याएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । सोमवार कम्पनीको अन्तिम शेयरमूल्य शून्य दशमलव ४१ प्रतिशत अर्थात् प्रतिकित्ता रू.२ दशमलव १० ले बढेर अन्तिम मूल्य रू. ५१८ कायम भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्