ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पर्यटन स्याटेलाइट प्रणाली छ महिनामा

२०७८ सावन, ५  
१० वर्ष अघि
NA

पर्यटन स्याटेलाइट लेखा प्रणाली तयार हुन अझै ६ महिना लाग्ने भएको छ । पर्यटनको कुल गार्हस्थ्य उत्पादनलाई स्पष्ट पार्न पर्यटन स्याटेलाइट च्यानल स्थापना गर्न लागिएको हो । पर्यटन मन्त्रालयले राष्टिय तथ्यांक विभाग तथा पर्यटन बोर्डसँगको सहकार्यमा विगत ६ महिनादेखि यसको तयारी थालेको थियो । नेपाल राष्ट्र बैंकले समेत यसमा सहयोग गरिहेको छ ।

स्याटेलाइट लेखा प्रावधिक समितिका सदस्य सचिव रविराज कायस्थका अनुसार स्याटेलाइट लेखा राष्ट्रिय लेखाप्रणालीभित्र रहेर सम्बन्धित क्षेत्रको विस्तृत अध्ययन गर्ने प्रणाली हो । यो राष्ट्रिय लेखा प्रणालीको एउटा भागका रूपमा रहन्छ । यसको उद्देश्यका रूपमा कुुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान र अन्य आर्थिक क्षेत्रहरूको तुलनामा पर्यटन क्षेत्रको स्थान तथा पर्यटनबाट सिर्जित रोजगारीको स्थितिलाई प्रस्ट देखाउनु हो ।

यसबाहेक पर्यटन क्षेत्रमा भएको पुँजीगत लगानीको स्थिति, पर्यटन उपभोगको स्थिति र राष्ट्रिय शोधनान्तर स्थितिमा पर्यटनको प्रभावबारे तथ्यांक संकलन गर्नु पनि यसको उद्देश्य रहेको छ ।

पर्यटन स्याटेलाइट लेखा प्रणालीका लागि निरन्तर कार्य भइरहे पनि जनशक्ति अभाव तथा राष्ट्रिय तथ्यांक विभाग जनगणनाको तयारीमा व्यस्त भएकाले काममा केही ढिलाइ भएको हो ।

वर्ष ५, अंक ४४, २०६७, असार २१–२७

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्