ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बझाङको तलकोटमा बाख्रा प्रवर्द्धन कार्यक्रम

२०७८ सावन, ५  
कर्णाली प्रदेश
Image Not Found

बझाङ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी कार्यक्रमअन्तर्गत बाख्रा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । युवालाई व्यवसायतिर जोड्ने उद्देश्यले तलकोट गाउँपालिका–६ बडिगाउँलाई छनोट गरेपछि स्थानीयवासी बाख्रापालन व्यवसायतर्फ सक्रिय भएका छन् ।

कार्यक्रमअन्तर्गत बाख्रा राख्ने दुई व्यावसायिक खोर, दुई नमूना खोर, खोर सुधार, ४५ परिवारलाई बाख्रा र बोका सहयोग गरिएको छ । तलकोट–६ का प्रेमबहादुर धामीले सहयोग पाएपछि आफू बाख्रा व्यवसायमा लागेको र अहिले ३० भन्दा बढी बाख्रा नमूना खोरमा पाली आगामी दिनमा व्यवसायलाई थप बढाइने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्