ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

झापाको गौरादहमा कृषि होमस्टे निर्माण

२०७८ सावन, ५  
प्रदेश ०१
NA

झापा । झापाको गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरवास (होमस्टे) बनाएको छ । सहकारीले कृषि पर्यटन प्रवद्र्धनका लागि रू. १ करोड २० लाख लागतमा बनाएको यो प्रदेश १ कै पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि निर्माण सम्पन्न भए पनि कोडिभ–१९ का कारण सञ्चालन हुन सकेको छैन ।

पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट यहाँको नमूना खेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले बताए ।     

कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक ड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कट्ठा जमीनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ । तीन वर्षअघि तत्कालीन कानूनमन्त्री अग्नि खरेलले शिलान्यास गरेको पाहुना घरमा आठओटा सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल बनेको छ ।

२०७० सालमा महारानी झोडा साना किसानले प्रवद्र्धन गरेको उक्त सहकारीले नाफा कमाउने भन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाइएको बताएको छ । ‘अवलोकन भ्रमणमा देशभरका सहकारीबाट आउने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्ने हामो लक्ष्य छ,’ अध्यक्ष चापागाईंले भने ।

तीन वर्षअघि सरकारले मुलुकभरका तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रूपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा ६५ लाख, २०७६/७७ मा ४५ लाख र चालू आव २०७७/७८ सालमा ५० लाख गरी कुल एक करोड ६० लाख उपलब्ध गराएको उनले बताए । सो रकममध्ये होमस्टे निर्माणमा १ करोड २० लाख खर्च भएको छ भने बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको छ ।     

होमस्टेका सुन्दर वातानुकूलित कोठामा एक दिन बस्न प्रतिव्यक्ति २०० मात्र तिर्नुपर्ने र सहकारीले नै उत्पादन गरेको स्वादअनुसारका खानाको व्यवस्थासमेत हुने उनले बताए । सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुरा, बट्टाईपालन गरेको छ भने यहाँ आउने पाहुनाका लागि ५० जनाले एकैपटक खाना खान सक्ने क्षमताको चमेना गृहसमेत निर्माण गरेको छ ।

‘बास्मती चालमको भातसहित पाहुनाको स्वाद र रुचिअनुसारको परिकार खुवाउँछौं,’ उनले भने, ‘न्यूनतम मूल्यमा सबै कुरा एकै ठाउँ उपलब्ध गराउने हो ।’ कोभिड–१९ का कारण गतवर्ष र यो वर्ष सहकारी भ्रमणमा आउने क्रम घटेको छ । अध्यक्ष चापागाईंले सहज अवस्था हुँदा वर्षमा ५० हजारभन्दा बढी कृषि तथा सहकारी क्षेत्रका अभियानकर्मी नमूना खेती अवलोकन भ्रमणका लागि आउने गरेको बताए ।

यसअघि यहाँ आउने कृषि पर्यटकले बास बस्नकै लागि दमक, विर्तामोडलगायत होटलमा पुग्नुपर्ने बाध्यता थियो । अब यहीँको होमस्टेमा बसेर सहकारीे एकअर्काका अनुभव साटासाट गर्ने अवसर मिल्ने महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालले बताए । पछिल्लो समय कृषिको ‘हब’ बन्दै गएको गौरादहमै कृषि क्याम्पस तथा महिलाले नै सञ्चालन गरेको देशकै नमूना महारानीझोडा साना किसान सहकारी संस्थासमेत रहेका छन् ।

त्यसैगरी सहकारीले होमस्टेसँग ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत धमाधम निर्माण गरिरहेको छ । यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आवमा ७० लाख बजेट विनियोजन गरेको थियो । ज्येष्ठ नागरिकलाई आनन्ददायीपूर्वक समय बिताउन सहयोग पु¥याउने उद्देश्यले होमस्टे परिसरमै मिलन केन्द्र निर्माण भइरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्