ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चितवनका किराना व्यवसायीद्वारा खोप माग

२०७८ सावन, ५  
वाग्मती प्रदेश
NA

चितवन (अस) चितवनका किराना व्यवसायीले कोरोना भाइरसविरुद्धको खोप माग गरेका छन् । किराना व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै खोप माग गरेको हो ।

संघ अध्यक्ष रवीन्द्र श्रेष्ठले दैनिक उपभोग्य सामग्री अग्रपंक्तिमा  बसेर बिक्री वितरण गर्ने किराना व्यवसायीलाई खोप जरुरी परेको बताए । उनले भने, ‘किराना व्यवसायीले जतिबेला पनि दैनिक उपभोग्य वस्तु बिक्री गरिरहेका हुन्छन् । उनीहरू संक्रमणको उच्च जोखिममा हुन्छन्, त्यसकारण हामीले खोप मागेका हौं ।’ व्यवसायीलाई प्रजिअ लामिछानेले अहिले खोप मौज्दात सकिएको र आगामी दिनमा किराना व्यवसायीलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्