ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोका–कोलामा ‘घरमा साथ कोकसँग खास’ ट्यागलाइन

२०७८ सावन, ५  
बजार
NA

काठमाडौं (अस) । पेय पदार्थ ब्रान्ड कोकाकोला नेपालले ‘घरमा साथ कोकसँग खास’ ट्यागलाइनसहितको नयाँ टेलिभिजन विज्ञापन अभियान सार्वजनिक गरेको छ ।

यो अभियानले ‘टुगेदर टेस्ट बेटर’ सन्देश प्रदान गरेको कम्पनीले बताएको छ । प्रियजनसँग हुँदा आप्mनो घरमा पकाएको खाना, स्वाद र एकता कोकका साथ अझ बढी विशेष हुने उक्त विज्ञापनमा झल्काइएको छ ।

विभिन्न नेपाली खाना देख्न सकिने यो विज्ञापनमा तीन परिवार र साथीको समूहले विभिन्न परिकारको खाना पकाएर कोकसँगै रमाइलो गरिरहेको देख्न सकिन्छ ।

टिभीसीमा जुन दिन संसार बन्द भयो, त्यो दिन हामीले कहाँ जाने थाहा पायौं सन्देश देखाइएको छ । यसमा कोरोना महामारीको निषेधाज्ञालाई उल्लेख गर्दै आफ्ना नित्य कर्ममा पुनः अघि बढ्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर  आदर्श अवस्थीले महामारीका बेला मानिसले आफ्ना परिवारसँग मिलेर नयाँ–नयाँ परिकारको परीक्षण गर्दै विभिन्न खाना बनाउन सिक्दै गएको विषयलाई नयाँ विज्ञापनमा समेटिएको जानकारी दिए ।

टीभीसी कोका–कोलाको विश्वव्यापी अभियान टुगेदर टेस्ट बेटर र नेपालको स्थानीयकृत कोक एन्ड मिल्सको विस्तार हो, जसमा देशको संस्कृति, खाना र जनताको प्रतिविम्ब झल्किएको छ ।बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले धेरै समय घरमै बिताउँदा खाना पकाउने र सँगै खाने विशेष क्षणलाई पुनः जगाउँन यो विज्ञापन अभियानले सघाउने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्