ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

केराखेतीको पकेट क्षेत्र निर्माण

२०७८ सावन, ५  
गण्डकी प्रदेश
Image Not Found

म्याग्दी । रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती गरेका छन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रूपमा केराखेती गरेका हुन् ।     

केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केराखेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार/पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केराखेतीमा लागेका हौं ।’ सो क्षेत्रमा यसअघि घरायसी उपभोगका लागि मात्रै केराखेती हुँदै आएको थियो ।     

परीक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले राम्रो उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेराखेती गरिएको छ । यसअघि रघुगंगा वडा नं २ र ३ मा केराखेती गर्ने कृषकका दुई समूह थिए । दुईओटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरू गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्