ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सूर्य नेपालको ५० लाख सहयोग

२०७८ सावन, ५  
बजार
Image Not Found

काठमाडौं (अस) । सूर्य नेपाल प्रालिले तनहुँका स्थानीय ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा ५० लाख रुपैयाँको सहयोग गरेको छ ।

कम्पनीले शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा क्रमश ३०  लाख र २० बीस लाख रुपैयाँ सहयोग गरेको हो ।

सूर्य नेपाल प्रालिको शेराटार (तनहुँ) स्थित कारखानाका प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् । कार्कीले कम्पनीले यस क्षेत्रमा गर्दै आएको सहयोगलाई भविष्यमा पनि निरन्तरता दिइने बताए ।

कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न कम्पनी तयार रहेको धारणा व्यक्त गरे । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले कम्पनीले यस क्षेत्रको सामाजिक, आर्थिक विकासमा गरेको योगदानको प्रशंसा गरे ।

कम्पनीले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिकाको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा १० लाख तथा सात वटै प्रदेशमा कोभिडविरुद्धको लडाइँमा सहयोग पु¥याउन एक–एक करोड रकम दिएको थियो । कम्पनीले गत आवमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स सहयोग गरेको थियो । कोभिड–१९ रोकथाम तथा उपचारका लागि यस क्षेत्रका विभिन्न अस्पताल तथा स्थानीयलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्