ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

स्काईवर्थ सेभेन मोसन डीडी वासिङ मेसिन बजारमा

२०७८ सावन, ५  
बजार
Image Not Found

काठमाडौं (अस) । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अपलायन्सेस् प्रालिको स्काईवर्थले नेपालमा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरसहित सेभेन स्टार प्रो–वास टेक्नोलोजीसहितको मेसिन सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो मेसिनले उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन गर्नुका साथै ७ विभिन्न गतिलाई कार्यान्वयन गर्दछ । मेसिनमा १० वर्षे वारेन्टी रहेको स्मार्ट एप्लिकेसन नेशनल सेल्सका प्रमुख भाष्कर मुनकर्मी बताए ।

सेभेन मोसन टेक्नोलोजीले कपडालाई सजिलैसँग र सुरक्षितमा धुलाइ गरी फोहोर तथा दाग हटाउन सहज पुर्‍याउने कम्पनीको भनाइ छ । मेसिनमा फल, स्क्रबिङ, थ्रीडी पर्सपेक्टिभ, लाइट स्विङ, स्क्रुइङ, लाइट निडिङ र फ्लफ ७ प्रकारका गति रहेको कम्पनीले जनाएको छ ।

यो मेसिनमा इन्भर्टर सीधै ड्राइभ मोटरमा जोडिएको हुँदा कम आवाज, उच्च स्थायित्व र ऊर्जा बचत गर्ने दाबी कम्पनीको छ ।

स्काईवर्थ सेभेन मोसन डीडी वासिङ मेसिन तीन नयाँ मोडल ई८०१२ जीआरडी, एफ८०१४ जीआरडी, एफ ९०१४ जीआरडीे ८ केजी र  ९ केजी क्षमतामा डार्क सिल्भर कलरमा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्