ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्रेटवाल मोटर्सका तीन नयाँ मोडल बजारमा

२०७८ सावन, ५  
बजार
Image Not Found

काठमाडौं (अस) । चीनको अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्स (जीएमडब्ल्यू) तीन नयाँ मोडलका गाडी नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

नेपालमा ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता विशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालिले जीएमडब्ल्यूका  दुई एसयूभी कार र एउटा पिकअप मोडल बजारमा भित्र्याएको हो ।

यी तीन वटै गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहने विश्वास कम्पनीको छ । जीएमडब्ल्यूको सोरुम थापाथलीमा छ । निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशैभर सोरुम सञ्जाल विस्तार गर्ने योजना कम्पनीको छ ।

कोरोना महामारीको विद्यमान अवस्थामा सुधार आउनासाथ ग्रेटवाल मोटर्सले आफ्ना ब्रान्ड र सामान उपभोक्तामाझ प्रस्तुत गर्नेछ । साथै, उच्चस्तरीय सर्भिस सेन्टर पनि निर्माण गरिनेछ ।

भीजी इम्पेक्सले ग्रेटवाल मोटर्सको फोरएस सर्भिसेस (सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर) मा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको सर्भिस सेन्टर  स्थापना गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्