ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल एसबिआई बैकद्वारा शेयरधनीलाई नगद लाभांश लिन अनुरोध

२०७८ सावन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । नेपाल एसबिआई बैंक शेयरधनीलाई नगद लाभांश लिन अनुरोध गरेको छ ।  

विभिन्न साधारण सभाबाट पारित भएको लाभांशको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि लाभांश पूर्जाको रकम सटही नगरेको  उल्लेख गर्दै कम्पनीले विभिन्न मितिमा जारी हकप्रद शेयर खरीदका लागि आवेदन पेश गरी फिर्ता भएको लगानीको रकम हालसम्म लिन  केहि शेयरधनी अझै  नआएकोले सो रकम लिन भनेको  छ ।

शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हात्तिसार काठमाडौंबाट लाभांश रकम बुझिलिन सक्नेछन् ।

 विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश  पाँच वर्ष पुग्दा पनि शेयरधनीले लिन नआएकाले लाभांश रकम कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन  कार्यविधि २०७३ अनुसार स्थापित लगानीकर्ता संरक्षण कोषमा पठाएको कम्पनीले बताएको छ । 

कम्पनीले पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांश रकम र सम्वन्धित शेयरधनीको नामसहित नेपाल एसबिआई बैकको वेबसाइटमा राखेको पनि बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्