ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मंगलवार तोलामा ४०० रुपैयाँले बढ्यो सुनको भाउ

२०७८ सावन, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. २०० ले बढेको सुनको भाउ मंगलवार रू. ४०० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो । 

यस्तै, मंगलवार चाँदीको मूल्य भने घटेको छ । सोमवार प्रतितोला १ हजार २९० मा कारोबार भएको चाँदी मंगलवार रू. १० ले घटेर प्रतितोला रू. १ हजार २८० मा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्