ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तीन ओटा म्युचुअल फण्डको इकाई मूल्यमा सकारात्मक सर्किट

२०७८ सावन, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं ।  साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे एक घण्टाको अवधिमा तीन ओटा म्युचुअल फण्डको इकाई मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

उक्त अवधिसम्ममा लक्ष्मी इक्विटी फण्ड,लक्ष्मी उन्नती कोष र ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाई मूल्यमा सकारात्मक सर्किट लागेको हो । ती तीन ओटै फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।

 लक्ष्मी उन्नती कोषको प्रतिइकाई मूल्य रू. १४ दशमलव २५,लक्ष्मी इक्विटी फण्डको रू. १६ दशमलव शून्य ५,ग्लोबल आइएमई समुन्नत स्किमको रू. २२ दशमलव ३२ पुगेको हो ।

त्यसैगरी ती तीन ओटा फण्डबाहेक एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ ।  उक्त फण्डको इकाई मूल्य रू.१७ दशमलव ३० पुगेको हो ।

चार ओटै फण्डको इकाईमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले इकाई मूल्य बढेको हो ।  यो दिन उक्त अवधिसम्ममा सवै म्युचुअल फण्डहरुको इकाईमा खरीद माग उच्च रहेको छ । सोही कारण इकाई मूल्य बढेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्