ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आईएफसीको क्षेत्रीय निर्देशकमा हेक्टर गोमेज नियुक्त

आर्थिक पुनरुत्थानमा सघाउन लगानी बढाउनुपर्ने उनको भनाइ

२०७८ सावन, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले हेक्टर गोमेज आङलाई दक्षिण एशियाका लागि नयाँ क्षेत्रीय निर्देशकमा नियुक्त गरेको छ।

नवनियुक्त क्षेत्रीय निर्देशक गोमेजले कोरोना महामारीका कारण सृजित सीमित सार्वजनिक लगानीको बोझ सहज बनाउन र बढ्दो गरिबीको स्तर घटाउन दक्षिण एशियामा कोभिड- १९ को असरबाट पुनरुत्थानका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

भारतको नयाँदिल्लीलाई आधार बनाएर उनले कोभिड- १९ को असरबाट पुनरुत्थानउन्मुख यस क्षेत्रमा लगानी वृद्धि तथा प्रभावकारी बनाउन थप भूमिका निर्वाह गर्ने आईएफसीले बताएको छ ।

उनले कोरोना महामारीले दक्षिण एशिया क्षेत्रका देशहरुमाथि गहिरो दाग छाडेकाले यसबाट ठूलो मानव समूदायका लागि कठोर अवस्था सृजना गरेकोतर्फ पनि सचेत रहन आवश्यक रहेको बताएका छन् ।

उनले रोजगारी र आर्थिक वृद्धिलाई सघाउन मिलेर काम गर्नुपर्ने बताएका छन्  ।

  कोभिड तथा जलवायु क्षेत्रको लगानीमा केन्द्रित हुँदै दक्षिण एशियाको कोभिडपछिको आर्थिक पुनरुत्थान प्रयत्नहरुमा आईएफसीको सहयोग रहनेमा पनि नवनियुक्त क्षेत्रीय निर्देशक गोमेजले जोड दिएको आईएफसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्