ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिभिल बैंकको ऋणपत्र विक्रीका लागि ४ ओटा प्रत्याभूतिकर्ताहरुसँग सम्झौता 

२०७८ सावन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । सिभिल बैंकले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको छ । 

कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।जसका लागि कम्पनीले नागरिक लगानी कोष,प्रभु क्यापिटल,ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटललाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको हो  ।

 उक्त कम्पनी र प्रत्याभूतिकर्ता बीच साउन ३ गते प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्र सर्वसाधारण र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । 

यद्यपि उक्त ऋणपत्र सर्वसाधारण र व्यक्तित संघ सस्थाबाट माग बमोजिम विक्री हुन सकेन भने बाँकी रहेको ऋणपत्र खरीद गर्ने दायित्व चार ओटै प्रत्याभूतिकर्ताहरुले लिनेछन् ।

सोही अनुसार नागरिक लगानी कोषले रू. २ अर्ब, प्रभु क्यापिटलले रू.३५ करोड,ग्लोबल आइएमई क्यापिटलले रू. ३० करोड र माछापुच्छ्रे कृति क्यापिटलले रू. ३५ करोड बरावरको ऋणपत्र प्रत्याभूति गर्ने सम्झौता गरेका हुन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्