ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

०.३० % ले घट्यो नेप्से, ७ अर्ब ८९ करोड बराबरको शेयर खरीदविक्री 

२०७८ सावन, ५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव ३० प्रतिशत अर्थात् ९ दशमलव शून्य १ अंकले घटेको छ । 

यो दिन नेप्से परिसूचक २ हजार ९८५ दशमलव ५७ कायम भएको हो । यसदिन २१९ ओटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ८४ हजार ४६८ पटकमा रू.७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ दशमलव ०५ बराबरको शेयर खरीदविक्री भएको छ ।  

यसदिन कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये दुई ओटा म्युचअल फण्डको इकाईमा सकारात्मक सर्किट लागेको छ । लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको इकाई मूल्यमा सकारात्मक सर्किट लागेको हो ।  लक्ष्मी उन्नती कोषले इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । 

यसैदिन बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३९ प्रतिशत र माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ९ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ ।

शेयरमूल्य घट्नेमा आइसीएफसी फाइनान्सको ऋणपत्र मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव १७ प्रतिशतले घटेको छ । कम्पनीको ऋणपत्र मूल्य प्रतिकित्ता रू. १ हजार १८६ कायम भएको छ । योदिन सर्वाधिक कारोबार भने अरुण काबेली पावरको रू. ३८ करोड ७८ लाख २०९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू. २६ करोड ९८ लाख ४१ हजार बराबरको शेयर खरीद वक्री भएको छ । नेप्सेमा मंगलावर भने सामान्य करेक्सन आएको छ । आइतवार ९७ अंकले बजार वृद्धि भएको थियो ।

सोमवार पनि १३ दशमलव ९७ अंकले बजार बढेको थियो । बजार बढेसँगै यसदिनको बजारमा विक्रेता हावी भएको देखिएको छ । बुलिस ट्रेण्डमा रहेको बजार समान्य करेक्सन हुँदै अगाडि बढ्दा थप बलियो हुने बजार विश्लेषकहरु बताउँछन् ।

सूचीकृत कम्पनीहरुले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् ।  वित्तीय विवरण प्रकाशित गरेपछि कम्पनीलेहरुले लाभांश वितरण गर्ने प्रस्ताव पनि गर्नेछन् । जसका कारण पनि बजार अझै माथि जाने संकेत गर्न सकिन्छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्