ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोना संक्रमणबाट २५ जनाको मृत्यु पुष्टि, ३१०८ जना संक्रमित थपिए

२०७८ सावन, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलवार देशभरमा १३ हजार १३५ नमूना परीक्षण गर्दा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ पुगेको छ । यसैगरी, मंगलवार १ हजार ५९५ जना निको भएसँगै हालसम्म ६ लाख ३४ हजार ९२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्