ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योग वाणिज्य महासंघद्वारा ट्रङक तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवाद समाधान गर्न ध्यानाकर्षण

२०७८ सावन, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ट्रङक तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवाद समाधान गर्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले मंगलवार नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पा भुसाललाई मन्त्रालयमा भेट गरी सो आग्रह गरेको हो । भेटवार्तामा क्रममा महासंघको प्रतिनिधिमण्डले ट्रङक तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवादलाई शीघ्र समाधान गर्नुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

उद्योगहरूले आवश्यक विद्युत् नेपाल विद्युत् प्राधिकरणबाट लिंदै आइरहेको र विद्युत् उपभोग गरे वापत प्रचलित कानून बमोजिम लागेको र लाग्ने महसुलसमेत तिर्दै आइरहेको भएतापनि छूट बिल/ रकम भनी करोडौं/ अर्बौं रकम उल्लेख गरी भुक्तानी गर्न सम्बन्धित उद्योगहरूलाई लेखिएको पत्रबाट उद्योगहरू थप हतोत्साहित भएकाले विद्युत् महसुल विवाद समाधानमा आवश्यक पहल गर्न महासंघले आग्रह गरेको थियो ।

 भेटवार्तामा तत्कालिन विद्युत् महसुल निर्धारण आयोगले महसुल दर सम्बन्धमा भएको निर्णय समेत जानकारी गराइएको थियो । 

महासंघले डेडिकेडेट फिडर लाइन र ट्रङक लाइन समुहका औद्योगिक ग्राहक उपभोक्तालाई नभई उक्त संरचनाबाट लोडसेडिङ्गको बखत तोके बमोजिमको मात्रामा विद्युत् उपभोग गर्नेको हकमा मात्र उक्त दर तत्कालिन महसुल निर्धारण आयोगको विसं २०७२ पौष २९ गतेको र विसं २०७३ असार १६ को निर्णयबाट कायम भएकोले उक्त निर्णय अनुसारको दर लगाई महसुल असुल कायम गर्नुपर्नेमा जानकारी गराएको पनि बताएको छ ।

साथै उक्त अवधिको विद्युत् खपत विवरणबाट डेडिकेडेट फिडर लाइन मार्फत दैनिक निरन्तर २४ घण्टा र टं«क लाइनका औद्योगिक ग्राहकको हकमा लोडसेडिङ्ग न्युनतम ६ घण्टा कायम रहेको बखत दैनिक २० घण्टा वा सोभन्दा बढी अवधि विद्युत् उपयोग गरेका औद्योगिक उपभोक्ता यकिन गरेर सो उपभोग गर्ने उपभोक्ताको हकमा मात्र उपभोग गरेको अवधिको लागि उक्त विशेष दर लगाई विजक जारी गर्न वा छूट रकम असुल गर्न न्यायिक हुने पनि सो अवसरमा जानकारी गराएको महासंघले बताएको छ । 

महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भुसालले ट्रङक तथा डेडिकेटेड विद्युत् महसुल विवादमा आफूले कानूनी/ विधि, प्रक्रियासमेत बुझेर निर्णय लिने बताइन् । साथै उनले बढी ऊर्जा खपत गर्ने उद्योगलाई कम महसुल लाग्ने व्यवस्था हुनुपर्ने भन्दै यस विषयमा अध्ययन अघि बढाउने आश्वासन पनि दिएकी छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्