ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

२०७८ सावन, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ५, काठमाडौं । बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका- ९ पुरानो बानेश्वर घर भएकी ४४ वर्षिय पवित्रा श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको टोलिले पेप्सीकोलाबाट पक्राउ गरेको हो । 

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्