ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

माइक्रोसफ्ट ह्याकिङको आरोप कपोलकल्पित हो : चीन

२०७८ सावन, ५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन ५, पेचिङ (चीन) । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनीमाइक्रोसफ्ट ह्याकगरिएको भन्ने आरोपको चीनले खण्डन गरेको छ । 

सोमवार अमेरिका र अन्य पश्चिमी देशहरुले चीनमाथि माइक्रोसफ्ट एक्सचेञ्ज ह्याक गरोको आरोप लगाएका थिए । यो विश्वव्यापी सुरक्षालाई खतरामा पार्ने दुष्ट खालको व्यवहारको हिस्सा भएको उनीहरुको भनाइ थियो । 

चीनले चाहीं आफूले सबै स्वरुपका साइबर अपराधको विरोध गर्ने भन्दै आरोपलाई कपोलकल्पित भनेको छ । अमेरिकाले साइबर सुरक्षाको मामिलामा चीन विरुद्ध अव्यवहारिक आलोचना गर्न आफ्ना मित्र देशहरुलाई एकत्रित गरिरहेको चीनका विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले पत्रकारहरुलाई बताएका थिए । 

चीनले राज्यद्वारा प्रायोजित तत्वहरुबाट माइक्रोसफ्ट ह्याकलगायत दुष्ट साइबर गतिविधि गराएको भनेर अमेरिकाले लगाएको आरोपमा बेलायत, ईयू, न्यूजिल्यान्ड र अष्ट्रेलियाआदिले पनि साथ दिएका छन् ।

माइक्रोसफ्ट एक्सचेञ्ज विश्वभरका कम्पनीहरुले प्रयोग गर्ने लोकप्रिय इमेल मञ्च हो । पछिल्लो हयाकिङबाट कम्तिमा पनि ३० हजार संघसंस्थाहरु प्रभावित भएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्