ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बिट्क्वाइन ३० हजारभन्दा तल आएपछि क्रिप्टोबजारले गुमायो ८९ अर्ब डलर 

२०७८ सावन, ५  
अन्तरराष्ट्रिय
Image Not Found

साउन ५, लन्डन (बेलायत) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ मंगलवार जुन २२ यता पहिलो पटक घटेर ३० हजार डलरमुनि ओर्लिएको छ ।
 

योसँगै मंगलवार बिहान ६ : २९ इटीसम्मको २४ घन्टामा समग्र क्रिप्टोबजारबाट ८९ अर्ब डलर गुमेको क्वाइन डेस्कको तथ्यांकले देखाएको छ । 

बिट्क्वाइनको भाउ ५ प्रतिशतले घटेको थियो । इथर र एक्सआरपीको भाउ क्रमशः ६ प्रतिशतभन्दा बढी र करीब ९ प्रतिशतले घटेको थियो । पछिल्लो कमीसँगै यस वर्षको अहिलेसम्मको अवधिमा बिट्क्वाइन १ दशमलव ८७ प्रतिशत माथि छ भने इथर र एक्सआरपी १३५ प्रतिशत माथि छन् । 

विश्व शेयर बजारमा ठूलो सेल–अप देखिएपछि बिट्क्वाइनको भाउ घटेको हो । विश्वको आर्थिक पुनःबहालीको स्तर र मजबूतिप्रति चिन्ता रहँदा उच्च प्रतिफल दिने समेतका सबै जोखिमयुक्त सम्पत्ति बजार कमजोर बनेको विश्लेषण गरिएको छ । 

मध्य–अप्रिलको कीर्तिमानी उच्च विन्दुको तुलना अहिले बिट्क्वाइन ५० प्रतिशतभन्दा धेरैले घटिसकेको छ । चीनले त्रिप्टोकरेन्सीको कारोबार र माइनिङमा कडाई थप बढाएपछि बिट्क्वाइनको भाउ दबाबमा आएको हो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्