ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अपि पावर कम्पनीको अवितरित हकप्रद साउन १३ गतेदेखि लिलामीमा 

२०७८ सावन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ । 

कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको २ लाख १५ हजार ५९९ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।

यो शेयर खरिदका लागि साउन २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

बोलपत्र विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय भक्तपुर, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्