ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेशनल लाइफको कुल बीमा शुल्क १२ अर्बमाथि

२०७८ सावन, ६  
बजार
NA

काठमाडौं (अस) । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष ०७७÷७८ मा प्रथम बीमा शुल्क चार अर्ब र कुल बीमा शुल्क १२ अर्ब रुपैयाँमाथि पुगेको छ ।

नेशनल लाइफ प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एलआईसी नेपाललाई उछिन्न सफल भएर दोस्रो स्थानमा उक्लिएको हो । कुल बीमाशुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमा शुल्क चार अर्बभन्दा पु¥याउन कम्पनी सफल भएको छ ।

बीमा समितिका अनुसार एलआईसी नेपालले प्रथम बीमा शुल्क तीन अर्ब ५५ करोड आर्जन गरी तेस्रो स्थानमा छ भने युनियन लाइफ तीन अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

आर्थिक वर्ष ०७७/७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको हो ।

नवीकरण बीमा शुल्कमा समेत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ९ अर्ब २६ करोड ७४ लाख कुल बीमा शुल्क संकलन गरेकामा गत आवमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कुल बीमा शुल्क आम्दानी गरेको बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्