ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धरानमा डिसहोमको फाइबर नेट सेवा

२०७८ सावन, ६  
बजार
Image Not Found

काठमाडौं (अस) । डिसहोमले नेपालभरका मुख्य–मुख्य सहरमा फाइबर नेट सेवा विस्तार गर्दै लगेको बताएको छ । कम्पनीले धरानमा पनि फाइबर नेट सेवा विस्तार गरेको छ ।

कम्पनीका अनुसार फाइबर नेट सेवामा ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिसहोम गो एप र एक्सभोडलगायत विभिन्न सुविधा उपलब्ध गराइनेछ ।

फाइबर नेट योजनामा कम्पनीले न्यूनतम १० एमबीपीएसदेखि अधिकतम १०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रवाह गरिरहेको छ ।

कम्पनीले काठमाडाैं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा फाइबर नेट सेवा सञ्चालन गरिसकेको बताएको छ ।

छिट्टै पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगञ्जलगायत स्थानमा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्