ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

७१ % ले नाफा बढाएको महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा ५६ करोडभन्दा बढी 

२०७८ सावन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा कम्पनीको खुद नाफा गत वर्ष ७१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ४२ करोड ८५ लाख ६४ हजार खुद नाफा गरेको उक्त कम्पनीले गत वर्ष रू. ७३ करोड २९ लाख १६ हजार यो नाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा ६७ दशमलव ७९ प्रतिशत सञ्चालन नाफा गरेको कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ५४ करोड ४१ लाख ६६ हजार खुद व्याज आम्दानी गरेको कम्पनीले गत वर्ष रू. १ अर्ब ५६ करोड ७३ लाख २६ हजार आम्दानी गरेको छ ।

त्यस्तै अघिल्लो वर्ष रू. ६० करोड ९९ लाख ४६ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. १ अर्ब २३ करोड ४ लाख ५४ हजार यो नाफा गरेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ५६ करोड ३८ लाख ५५ हजार रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन अघिल्लो वर्षभन्दा ४ प्रशित र कर्जा प्रवाह २ प्रतिशत बढी भएको छ ।

अघिल्लो वर्ष रू. ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्ष रू. ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार संकलन गरेको छ । त्यस्तै अघिल्लो वर्ष रू. २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार कर्जा प्रवाह गरेको कम्पनीले गत वर्ष रू. ३० अर्ब १० करोड ६३ लाख ७४ हजार प्रवाह गरेको छ ।

अघिल्लो वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जा अनुपात बढेको छ । अघिल्लो वर्ष २ दशमलव ८० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ३२ प्रतिशत कायम भएको हो ।

अघिल्लो वर्ष ९ दशमलव ९५ प्रतिशत रहेको उक्त कम्पनीको आधार ब्याजदर भने गत वर्ष ७ दशमलव २८ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ७५ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्