ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ सावन, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ४०० ले बढेको सुनको भाउ बुधवार रू. ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार २८० मा कारोबार भएको चाँदी बुधवार रू. २० ले घटेर रू. १ हजार २६० मा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्