ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विराटनगर भन्सार कार्यालयद्वारा गत आवभन्दा ४४ % बढी राजस्व संकलन

२०७८ सावन, ६  
प्रदेश ०१
Image Not Found
विराटनगरस्थित आईसीपीमा रहेको भन्सारको मुख्य प्रशासनिक भवन । तस्वीर: वेदराज/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

साउन ६, विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७६/ २०७७ भन्दा ४३ दशमलव ९० प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

 २८ अर्ब ३६ करोड रुपैयाँ राजस्व आव २०७६/ २०७७ मा संकलन भएकोमा गत आवमा १२ अर्ब ४६ करोड रुपैयाँ बढी अर्थात् ४० अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।  

जसमा पैठारी महसुल अन्तरगत १५ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने निकासी महशुल तर्फ १५ करोड ७९ लाख ७० हजार रुपैयाँ संकलन भएको छ ।

त्यस्तै मूल्य अभिबृद्धि कर १९ अर्ब ६६ करोड ५६ लाख ८३ हजार  रुपैयाँ संकलन भएको छ । त्यस्तै २ अर्ब ३८ करोड ६७ लाख २५ हजार रुपैयाँ आयाततर्फ अन्तरशुल्क संकलन भएको छ । ९८ करोड ५१ लाख ८९ हजार रुपैयाँ कृषि सुधार शुल्क संकलन भएको छ । 

त्यस्तै स्वास्थ्य सेवा कर ८० हजार ५२० रुपैयाँ आर्थिक वर्ष २०७७/ २०७८ मा संकलन भएको छ भने  सडक मर्मत तथा सडक निर्माण दस्तुर ८ करोड ४९ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै भन्सारको अन्य आय ४ करोड २१ लाख ९३ हजार रुपैयाँ भएको छ । त्यस्तै पूर्वाधार कर अन्तरगत ७६ करोड १६ लाख २० हजार रुपैयाँ संकलन गरिएको छ । 

विराटनगर भन्सारले ११ महीनामा ३७ अर्ब ९ करोड ५६ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने असार महिनामा ३ अर्ब ७२ करोड ३३ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कोरोनाको कारण लक्ष्य अनुसार राजस्व संकलन भने हुन सकेन । आर्थिक वर्ष २०७७/ २०७८ मा विराटनगर भन्सार कार्यालयले ४६ अर्ब १४ करोड रुपैयाँ  राजस्व उठाउने लक्ष्य लिएपनि ८८ दशमलव ५० प्रतिशत अर्थात् ४० अर्ब ८२ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । 

कोरोनाको प्रभावका कारण भारत र नेपाल दुबै तर्फ भएको लकडाउनको कारण उद्योगहरुले कच्चा पदार्थ आयात नगर्नु र तयारी बस्तुको निकासीमा आएको कमिका कारण भन्सारले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको भन्सार प्रमुख शिव भण्डारीले बताए ।

तर गत आवको भन्दा राजस्व संकलनमा भने सुधार भएको उनले जानकारी दिए । उनले अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा १२ अर्ब ४६ करोड बढी अर्थात ४० अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको पनि बताए । 
कोरोनाको कारण कतिबेला उद्योग बन्द हुन्छन्, व्यापार व्यवसाय बन्द हुन्छ भन्ने अनिश्चित भएको अवस्थामा उद्योगीले पनि कच्चा पदार्थमा मात्रै लगानी नगरेको अवस्था र व्यापार व्यवसायीले पनि स्टक रहेकै सामान विक्री गर्ने तर नयाँ आयात नगरेपछि भन्सारको राजस्व प्रभावित भएको भण्डारीले बताए । 
 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्