ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा थपिए ४२ हजार १५ जना नयाँ संक्रमित         

२०७८ सावन, ६  
अन्तरराष्ट्रिय
Image Not Found

साउन ६, नयाँदिल्ली  । भारतमा कोरोनाभाइरसबाट नयाँ ४२ हजार १५ जना संक्रमित भएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार जानकारी दिएको छ ।

भारतमा हाल कुल संक्रमितको संख्या ३ करोड १२ लाख १६ हजारभन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या ४ लाख ७ हजार १७० रहेको अधिकारीले बताएका छन् ।

पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४८९ जनाको मृत्यु भएको छ । तर महाराष्ट्र राज्यले कोरोना संक्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना संक्रमितको कारण मृत्यु भएकाको संख्या ३ हजार ९९८ भएको मन्त्रालयले बुधवार जानकारी दिएको छ ।     
     
कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल संख्या भारतमा अहिलेसम्म ४ लाख १८ हजार ४८० पुगेको पनि सो मन्त्रालयले बताएको छ । गत २४ घण्टामा ३६ हजार ९७७ कोरोना मुक्त भएपछि भारतमा ३ करोड ३ लाख ९० हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् ।     
     
भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २७३ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार ४५५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।  रासस/ सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्