ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा पहिलो दिन २८१ जनाले दिए आवेदन 

२०७८ सावन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन २८१ जनाको आवेदन परेको छ । 

कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र अन्य स्थानियका लागि यसअघि विक्री स्थगित गरेको आईपीओ पुनः विक्रीमा ल्याएको हो । 

पहिलो दिन आयोजना प्रभावित ३७ जना स्थानियबाट रू. १० लाख ५६ हजार बराबरको १० हजार ५६० कित्ताका लागि र अन्य २४४ भने जिल्लाका वासिन्दाहरुबाट रू. ५९ लाख ७० हजार बराबरको ५९ हजार ७०० कित्ताका लागि  आवेदन परेको हो । यसरी हेर्दा पहिलो दिनमै कम्पनीको आईपीओ खरीदका लागि कुल २८१ जना आवेदकहरुबाट रू. ७० लाख २६ हजार बराबरको आवेदन परेको छ । 

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुसमेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । 

कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानियका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । यो शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।

साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । यस अघि वैशाख २१ गतेदेखि २३ गतेसम्म आवेदन दिएका आवेदकहरुले भने पुनः आवेदन दिनुनपर्ने समेत कम्पनीको भनाइ छ । 

यो आईपीओ छिटोमा साउन १७ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ३२ गतेसम्म विक्रीमा रहने कम्पनीको भनाई छ । आईपीओ खरिदका लागि  न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ ।

सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।

यस अघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । 

प्रतिक्रिया [1]
User Image

Ramram

[Jul 22, 2021 01:39am]

Hydro ma gariyeko laganiko partifal lina lamo samaya kurnu parne awastha xa. Yo project ko kam ra vrastachar ko awastha k xa ?


प्रतिक्रिया दिनुहोस्