ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रिमियर इन्स्योरेन्सको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार

२०७८ सावन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं ।  प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ् समयसम्म रहेको छ । 

कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरमूल्य न्यूनतम रू. ५५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

इच्छुक आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्