ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

इन्द्रेणीद्वारा मेलम्चीका बाढी प्रभावितलाई ८० लाख ८६ हजार सहयोग

२०७८ सावन, ६  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६,  सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले तहसनहस पारेको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका प्रभावितहरुलाई टेलिभिजन कार्यक्रम इन्द्रेणीले ८० लाख ८६ हजार रुपैयाँ सहयोग गरेको छ ।

इन्द्रेणीले विपदग्रस्त क्षेत्र हेलम्बु गाउँपालिकालाई ६२ लाख रुपैयाँ, मेलम्ची नगरपालिकालाई १८ लाख ३६ रुपैयाँ र रेडियो मेलम्चीलाई ५० हजार रुपैंया बुधवार हस्तान्तण गरेको हो ।

इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीलाई सो रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै कँडेलले देश विदेशबाट आफ्नो गाँस कटाएर गरिएको सहयोगको सहि सदुपयोग गर्न आग्रह गरे । 

इन्द्रेणीले विपदग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ ओटा परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका कँडेलले जानकारी दिए । हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भईसकेको छ । ३ लाख ६६ हजार रुपैयाँ बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुने बताइएको  छ । 

हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिंदै बडादसैंसम्ममा आफ्नै घरमा प्रभावित नागरिकलाई साररै छाड्ने प्रतिबद्धता व्यक्त गरे  । उनले हेल्भेटास नेपालबाट ४० र केयर नेपालबाट २० ओटा घरको निमार्णको शुरु भइसकेको बताए ।

गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले बताएको छ । कुल १०७ ओटा घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहेपनि करीब ९० ओटा घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए ।

उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको ५ लाख रुपैयाँ आउने बित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिए ।

त्यस्तै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले प्राप्त रकम पीडितहरुको लागि खर्च गरिने बताए । ‘अहिलेको तत्कालिन आवश्यकता भनेको पीडितहरुको पीडामा थोरबहुत सहयोग गर्नु हो’, उनले भने, ‘यो रकम पीडितहरुकै लागि खर्च गर्ने प्रतिबद्धता गर्दछुु ।’ उनले बाढीका कारण मेलम्चीको विकास १० वर्षपछि धकेलिएको पनि बताए । 

सो अवसरमा कँडेलले बाढीले घर बगाएको मेलम्चीका स्थानीय गोपाल दुलालको घर निर्माण गरिदिने घोषणा गरेका समेत गरेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्