ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

२०७८ सावन, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार ८ हजार ७१५  ओटा पीसीआर परीक्षण गरिएकोमा १ हजार ९१८ र ३ हजार ९०१ ओटा एन्टिजेन परीक्षण गरिएकोमा ९३१ जना गरी  कुल २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ४७५ रहेको छ । यसैगरी सो अवधिमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा काठमाडौं उपत्यकामा ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा ४९० जना, ललितपुर जिल्लामा १२८ र भक्तपुर जिल्लामा ७९ जनामा कोरानो  संक्रमण पुष्टि भएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्