ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योग व्यवसायलाई बचाउन  राहत प्याकेज ल्याइन्छ : प्रधानमन्त्री

२०७८ सावन, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गर्नुभएको छ ।

नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभाको  बुधवार उद्घाटन गर्दै उहाँले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा सरकार रहेको बताउनुभयो।

सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु पहिलो प्रथमिकता भएको बताउँदै प्रधानमन्त्री देउवाले आर्थिक विकास र लगानी प्रवर्द्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो।

विकास पहिलो प्राथमिकता भएपनि त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो भन्दै उहाँले महामारीबाट पार पाउनु चुनौतीपूर्ण रहेकाले सरकोको पहिलो प्राथमिकता  खोपको व्यवस्था नै भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।

सोही अवसरमा अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोरोना महामारीले गराएको भन्दै  परिसंघले ‘मेक इन नेपाल’ स्वदेशी उत्पादन प्रवर्द्धन अभियानलाई सार्थकता दिलाउन सरकारले पहल गर्ने बताए ।  

उनले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकार तत्पर रहेको बताए ।  साथै उनले निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सरकारले सघाउने पनि बताए ।

परिसङ्घका संस्थापक अध्यक्ष तथा सांसद  विनोदकुमार चौधरीले विद्वत् समूहको रुपमा परिसंघले काम गरिरहेको भन्दै  नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरिएका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजस्व परिचालनमा योगदान भएको बताए। 
साधारण सभामा प्रमुख वक्ताका रुपमा रहेका नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासकालागिनीतिगत सहजता आवश्यक भएको बताए । उनले भारत सरकारले पनि लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गर्ने गरेको बताए ।

साधारण सभामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाको रुपमा परिसंघलाई अघि बढाएको बताए । अर्थतन्त्रको पुनरोत्थानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्ने उल्लेख गरे ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्