ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२३% भन्दा धरैले बढ्यो जापानको निर्यात

२०७८ सावन, ६  
अन्तरराष्ट्रिय
Image Not Found

साउन ६, टोकियो (जापान) । यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा जापानको निर्यात २३ प्रतिशत भन्दा धेरैले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको जनवरी जुन अवधिमा जापानले कुल ३९८ खर्ब ६० अर्ब येन (३ खर्ब  ६३ अर्ब अमेरिकी डलर) बराबरको निर्यात गरेको बुधवार अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

निर्यातको यो आकार गत वर्षको सोही अवधिको तुलनामा २३ दशमलव २ प्रतिशत धेरै हो । यो वृद्धि ११ वर्षयताकै उच्च हो । यसले कोरोना भाइरसको महामारीका कारण सुस्ताको विश्व अर्थतन्त्रमा पुनर्बहाली आइरहेको संकेत गरेको छ । 

यो वृद्धि सन् २०२० को पहिलो अर्धवार्षिक अवधियताकै उच्च हो । त्यति बेला विश्वव्यापी वित्तीय संकटबाट विश्व अर्थतन्त्र उब्रिदैं गर्दा जापानको निर्यात ३७ दशमलव ९ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिको निर्यात महामारी पूर्व सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिको तुलनामा भन्दा पनि धेरै हो । त्यति बेला जापानको निर्यात ३८२ खर्ब ५० अर्ब येन रहेको थियो । समीक्षा अवधिमा अयात पनि १२ दशमलव २ प्रतिशतले बढेर ३८८ खर्ब ७० अर्ब येनमा पुगेको छ । आयातमा भएको यो वृद्धि पनि सन् २०१७ को दोस्रो अर्धवार्षिक अवधियताकै उच्च हो । 

यसले कच्चा तेलको भाउमा भएको वृद्धि र घरेलु खपतमा आएको सुधारतर्फ इंगित गरेको छ । सो अवधिमा बाँकी विश्वसँगको वस्तु व्यापारमा जापानले ९ खर्ब ८४ अर्ब ९९ करोड येन बचत गरेको छ । एजेन्सी  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्