ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चेम्बरले गठन गर्‍यो सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति

२०७८ सावन, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति सदस्य रमेश महर्जनको सभापतित्वमा गठित सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समितिका पदाधिकारी तथा सदस्यलाई मनोनयन–पत्र वितरण गरेका छन् ।

उक्त समितिको उपसभापतिमा क्रमशः दियेशरत्न शाक्य, सुमनमान ताम्राकार तथा सदस्यमा क्रमशः केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सूर्यकुमार बराल, अर्जुन विश्वकर्मा मनोनीत भएका छन् ।

मनोनित पदाधिकारी तथा सदस्यलाई मनोनयन–पत्र प्रदान गर्दै चेम्बर अफ अध्यक्ष मल्लले समितिमा सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा अनुभव हासिल गरेकाको प्रतिनिधित्व भएकाले यस क्षेत्रको प्रवद्र्धनका लागि तय गरिने नीति तथा पैरवीका लागि भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल पनि उपस्थित  थिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्