ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लक्ष्मी उन्नती कोषको इकाईमूल्य १० % ले वृद्धि 

२०७८ सावन, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । साताको अन्तिम कारबोर दिन बिहीवार लक्ष्मी उन्नती कोषको इकाईमूल्य १० दशमलव शून्य ४ प्रतिशतले बढेको छ । 

उक्त कोषले इकाईधनीहरुका लागि २५ प्रतिशत करसहित नगद लाभांश दिने भएको छ । उक्त लाभांश प्रयोजनका लागि साउन १३ गते कोषले बुक क्लोज गर्दैछ । 
यो समाचार तयार पार्दाको समय ११ : २२ बजेससम्ममा यस दिन कोषको इकाईमूल्य प्रतिइकाई रू. १ दशमलव ४३ ले बढेर रू. १५ दशमलव ६४ पुगेको छ ।

उक्त  अवधिसम्म २५ ओटा अर्डरबाट ४७ लाख २ हजार ९१५ कोषको इकाई खरीदका लागि माग रहेको छ ।

यसैगरी ग्लोबल आइएमई समुन्नत स्किम १, सिटीजन्स म्युचुअल फण्ड १ र एनआइबिएल समृद्धि फण्ड २ को इकाई मूल्य उच्च दरमा वृद्धि भएको छ । 

 ग्लोबल आइएमई समुन्नतको इकाई मूल्य ९ दशमलव ५९ प्रतिशत ,सिटीजन्स म्युचुअल फण्ड १ को ८ दशमलव १३ प्रतिशत र एनआइबिएल समृद्धि फण्ड २को इकाई मूल्य ८ प्रतिशतले वृद्धि भएको हो ।

 ती चार ओटै म्युचुअल फण्डको इकाईमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  म्युचुअल फण्डहरुले नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्