ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लाभांश सार्वजनिक गर्न शुरु भएसँगै म्युचुअल फण्डप्रति लगानीकर्ताको आकर्षण 

२०७८ सावन, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । गत आर्थिक वर्षको लाभांश सार्वजनिक गर्ने क्रम शुरु भएसँगै धितोपत्र दोस्रो बजारमा म्युचुअल फण्डको इकाई खरीदप्रति लगानीकर्ताको बढी आकर्षण देखिएको छ । 

यस वर्ष सबैभन्दा पहिला लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई योजना लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्वीटी फण्डले लाभांश सार्वजनिक गरिसकेका छन् । लक्ष्मी उन्नती कोषले करसमेत २५ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डले ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेका हुन् । 

बिहीवार म्युचुअल फण्डको समूहगत परिसूचक सर्वाधिक बढेको छ भने सर्वाधिक खरीद माग पनि म्युचुअल फण्डकै इकाईमा देखिएको छ । कारोबारको ४५ मिनेटको अवधिमा म्युचुअल फण्डको समूहगत परिसूचक ४ दशमलव ८ प्रतिशतले बढेको हो । 

उक्त अवधिसम्म सर्वाधिक खरीद चाप भएका पाँच ओटा कम्पनीहरुमा लक्ष्मी इक्वीटी फण्ड, ग्लोबल आइएमई सम्मुन्नत स्किम–१,सिटिजन्स म्युचुअल फण्ड–२, लक्ष्मी उन्नती कोष र नबिल ब्यालेन्सड्स फण्ड –२ रहेका छन् । त्यस्तै सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीहरुभित्र पनि म्युचुअल फण्डहरुनै रहेका छन् । 

कारोबारको पौने एक घण्टाको अवधिसम्म सर्वाधिक शेयरमूल्य लक्ष्मी उन्नतीकोषको १० दशमलव शून्य ४ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड–२ को ९ दशमलव ९७ प्रतिशत, ग्लोबल आइएमई सम्मुन्नत स्किम–१को ७ दशमलव ९२ प्रतिशत, लक्ष्मी इक्वीटी फण्डको ७ दशमलव ४१ प्रतिशत र कुमारी इक्वीटी फण्डको इकाईमूल्य ७ दशमलव ४१ प्रतिशत बढेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्