ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू.६९४.१०

२०७८ सावन, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको पौने एक घण्टाको अवधिमा ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६९४ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५६ हजार २४८ कित्ता शेयर खरीद माग र विक्री ५ हजार ७७८ कित्ता रहेको छ ।

शेयरमूल्य वृद्धि भएसँगै उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. २० करोड ८७ लाख ४० हजार बराबरको शेयर खरीदविक्री भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्