ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आदर्श लघुवित्तको आईपीओ निष्कासन प्रक्रिया शुरु, विक्री प्रबन्धकमा बोओके क्यापिटल

२०७८ सावन, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । आर्दश लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ । कम्पनीले रू. ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । 

कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा  बीओके क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धमा आदर्श लघुवित्त र बीओके क्यापिटल बीच बुुधवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दर शर्माले हस्ताक्षर गरेका हुन् ।  

त्यसैगरी, कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूूर्ण कार्य गर्ने जिम्मा पनि बीओके क्यापिटललाई नियुक्त गरेको जानकारी गराएको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्