ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

इलाका प्रशासन कार्यालय दमकद्वारा ५ हजार नागरिकता वितरण

२०७८ सावन, ७  
प्रदेश ०१
Image Not Found

साउन ७, झापा । झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । 

कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । 

कार्यालयको तथ्यांकमा २०७७/७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६/७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।

आव २०७७/७८ को अवधिमा वैवाहिक अङ्गिकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालाक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिए । सोही अवधिमा राहदानी नियमिततर्फ दुई हजार २९१, द्रुतसेवा ६१८, ठाडो उजूरी ६६, संघ संस्थान विकरण १५८ र चार हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।
 
एक करोड २२ लाख बढी राजस्व संकलन
सोही वर्ष राहदानीबापत रू. एक करोड २२ लाख ५२ हजार ५००, अन्य प्रशासनिक सेवाबापत रू. एक लाख ५७ हजार ८५०, बेरुजु रू. आठ हजार १५१ गरी कुल रू. एक करोड २२ लाख ५२ हजार ५०० राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रको दमकसहित कमल, शिवसताक्षी, गौरादहका बासिन्दालाई सरकारी सेवा उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्