ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोनाका कारण चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे 

२०७८ सावन, ७  
वाग्मती प्रदेश
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

साउन ७, चितवन । कोरोना कारण चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक आधा घटेका छन् । 

निकुञ्ज, कार्यालयले दिएको तथ्यांक अनुसार अघिल्लो आव ०७६/०७७ मा कुल १ लाख ८२ हजार ४३५ जनाले निकुञ्ज घुमेकोमा गत आव ०७७/०७८ मा यो संख्या घटेर ९२ हजार २०९ मा झरेको हो । अघिल्लो आवको तुलनामा गत आवमा उक्त संख्यामा पर्यटक घटेका हुन् ।

कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका  १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ जना पर्यटकले  निकुञ्ज घुमेका थिए । 

तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका १ हजार ३६४ पर्यटक र अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्ज घुमेको तथ्यांक छ । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले अघिल्लो वर्षबाट फैलिएको कोरोनाका असर हालसम्म रहेको र दोस्रो कोरोनाको लहर हालसम्म पनि नरोकिएकाले पर्यटकको संख्यामा कमी आएको बताए । ‘अघिल्लो वर्ष सिजनमा आउने पर्यटक आइहाले र लकडाउन भयो, उनले भने, अहिले पनि वैशाख दोस्रो हप्ताबाट निषेधाज्ञा चलिरहेको छ ।’ विशेषगरी सिजनमै निषेधाज्ञा भएको र पर्यटकलाई  निकुञ्ज प्रवेशमा रोक लगाइएकोले पर्यटकको संख्या कमी भएको अधिकारीको भनाइ छ । ‘एक त बाहिरबाट पर्यटक आउन पाएनन्, उनले भने, आन्तरिक पर्यटकको लागि पनि निकुञ्ज खुल्ला हुन पाएन ।’ 

लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाईएको थियो भने गत वैशाखदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ । 

आम्दानीमा भारी गिरावट
अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयाँ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क  आम्दानी घटेर २ करोड ५५ लाख ३७ हजार ८२८ रुपैयाँ संकलन भएको छ । 

निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आर्थिक वर्षमा १ करोड १८ लाख ७० हजार ६१७ रुपैयाँ राजस्व संकलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । जस अनुसार ती क्षेत्रबाट  १ करोड ८८ लाख २४ हजार ३३८ रुपैयाँ आम्दानी गरेको छ । 

सूचना अधिकारी सहायक संरक्षण अधिकृत अधिकारीले निकुञ्जको मुख्य आम्दानीको स्रोत नै पर्यटक शुल्क भएकोले पर्यटक नआउँदा र निषेधाज्ञाका कारण आम्दानीमा ठूलो असर परेको बताए । ‘हाम्रो मुख्य आम्दानीको स्रोत पर्यटकनै हुन्, त्यसमध्ये पनि विदेशी पर्यटक उनले भने, अन्य निकुञ्जको आम्दानी भनेको नदीजन्य पदार्थ उत्खनन शुल्क, ठेक्कापट्टा, दण्ड जरीवाना हुन् ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्