ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चितवनमा एकसाताका लागि थपियो निषेधाज्ञा

२०७८ सावन, ७  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, चितवन । चितवनमा  जारी निषेधाज्ञा पुनः एक साताको लागि थप गरिएको छ ।

 जिल्ला प्रशासन कार्यालय चितवनले बिहीवार आदेश जारी गरी लामो तथा छोटो दुरीका अत्यावश्यक सवारीसाधन र परीक्षालाई केही खुकुलो गरी साउन १४ गते राती १२ बजेसम्म लम्ब्याइएको जानकारी दिएको हो  । 

जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमित कम नभएको र जोखिम कायम रहेको भन्दै निषेधाज्ञा थपिएको कार्यालयको भनाइ छ । जारी निषेधा बिहीवार राती १२ बजे सकिंदैछ । 

थपिएको निषेधाज्ञामा अघिल्ला निषेधाज्ञाभन्दा केही खुकुलो गरिएको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए । जसअनुसार अत्यावश्यक अन्तरजिल्ला  यातायात र जिल्लामा हुने परीक्षाका तालिका बाहेक अन्य नियमहरु अघिल्ला  नियमलाई  निरन्तरता दिइएको छ ।

‘अत्यावश्यक लामो तथा छोटो दुरीका यातायात तथा लोकसेवा र चिकित्साशास्त्र लगायतका त्रिभुवन विश्वविद्यालयको परीक्षालाई यसपटक खुकुलो बनाइएको हो’, कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले भने  ।

उनका अनुसार यसअघि जिल्लामा जोर बिजोरको प्रणालीबाट  निजी तथा भाडाका सवारी सञ्चालनमा आएपनि शुक्रवारदेखि सम्बन्धित जिल्ला प्रशासनको सिफारीसमा  अत्यावश्यक छोटो तथा लामो दुरीका सवारीसाधनलाई अन्तरजिल्ला प्रवेश गर्न दिइने छ । यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तोकिएका परीक्षा सञ्चालन गर्न भने पाइने पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्