ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राजस्व कार्यालय बागलुङ : अघिल्लो आवभन्दा ३५ करोड ५८ लाखभन्दा बढी राजस्व संकलन

२०७८ सावन, ७  
गण्डकी प्रदेश
Image Not Found

साउन ७, बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङमा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३५ करोड ५५ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भन्दा ३५ करोड ५८ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख जनकराज शर्माले जानकारी दिए । 

उनले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ९९ करोड ९७ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएकोमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३५ करोड ५५ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको बताए ।

कायालयले असार मसान्तसम्म ८६ करोड २० लाख ७ हजार राजस्व तथा कर संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले १५७ दशमलव २६ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख शर्माले बताए । 

उनले आयकर ७९ करोड ७ हजार ९१ रुपैयाँ, मूल्य अभिवृद्धि कर ४१ करोड ७६ लाख ७८ हजार रुपैयाँ, अन्तशुल्क २ करोड ४० लाख ९३ हजार रुपैयाँ, बहाल कर २ करोड ५० लाख ७७ हजार रुपैयाँ, ब्याजकर ९ करोड ६७ लाख ५७ हजार रुपैयाँ, स्वास्थ्य सेवा कर १० लाख ८७ हजार रुपैयाँ, शिक्षा सेवा शुल्क ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए ।

कार्याल प्रमुख शर्माले आव २०७७/०७८ को साउन महीनामा १७ करोड ३२ लाख ८७ हजार, भदौमा ३ करोड ७८ लाख ३४ हजार, असोजमा ७ करोड २५ लाख ७९ हजार, कार्तिकमा ५ करोड ३९ लाख ८३ हजार, मंसिरमा ४ करोड ६८ लाख ७३ हजार, पुसमा २३ करोड १ लाख ८४ हजार, माघमा १९ करोड २ लाख ७७ हजार, फागुनमा ७ करोड ९७ लाख ९९ हजार, चैत्रमा ११ करोड ४६ लाख ३४ हजार, वैशाखमा ६ करोड ७५ लाख २२ हजार, जेठमा ५ करोड ६८ लाख ८८ हजार, असारमा २३ करोड १७ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको बताए ।

कार्यालय प्रमुख शर्माले पुरानो बक्यौता राजस्व संकलन गरेको कारण राजस्व संकलनमा वृद्धि भएको बताए । उनले पुराना बक्यौता तिर्न बाँकी रहेका करदाताहरुलाई कर तिर्नको लागि प्रोत्साहन गरि राजस्व संकलन गरेपछि लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्न सफल भएको बताए । 

प्रमुख शर्माले कोरोना महामारीको कारण वैशाख महीनादेखि लकडाउन भएपनि राजस्व संकलनमा कुनै समस्या नभएको जानकारी दिए । उनले अहिले घरबाट आफै कर तिर्न सकिने भएकोले कार्यालयबाट फोनबाट जानकारी गराइएको बताए ।

आर्थिक वर्ष २०७७/७८ मा करदाताहरुको संख्या पनि वृद्धि भएको कार्यालयले जानकारी दिएको छ । प्रमुख शर्माका अनुसार आव २०७७/०७८ मा व्यवसायिक आयकर दर्ता गर्नेहरुको संख्या ३ हजार ४४०, व्यक्तिगत आयकर दर्ता गर्नेहरुको संख्या ४ हजार ९१२ र डब्लूप्यान लिनेको संख्या ४२ रहेको छ । 

आन्तरिक राजस्व कार्यालय बागलुङले साविकको धौलागिरी अञ्चल बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको कर संकलन गर्दै आएको छ ।  कार्यालयमा हालसम्म व्यवसायिक आयकर दर्ता गर्नेको संख्या १६ हजार १ सय ५५, व्यक्तिगत आयकर दर्ता गर्नेको संख्या २७ हजार २२५ जना र डब्लूप्यान लिनेको संख्या ८९ रहेको छ । त्यसमध्ये मुअकर १ हजार ४३४ र अन्तशुल्क १ हजार ६७ को दर्ता रहेको कार्यालय प्रमुख शर्माले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्