ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल बीच कृषि कर्जा सम्बन्धी सम्झौता

२०७८ सावन, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधनसहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ । यसै सम्झौता अनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्ने बताइएको छ । 

बैंकले ७ ओटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्