ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

२०७८ सावन, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ७, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

उक्त कसूर लागेका बाँके जिल्लाको कोहलपुर नगरपालिका - ११ घर भएका ३८ वर्षीय बिष्णु जिवन धिताललाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्